समाचार

देउवा सरकारको समर्थनमा राप्रपाको निर्णय

By थाहा अनलाइन

October 09, 2017

सैघाली खबर, काठमाडौं २३ असोज । कमल थापा नेतृत्वको राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै चुनावी तालमेल समेत गर्ने निर्णय गरेको छ । विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर गरेको बताएको छ । राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।