इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व आजदेखि सुरु ।।



 

Capture pic

दाङ, जेठ १४ ।

इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व आजदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्ने गर्छन् । आठौं महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ । इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । रमजान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्