राजधानीमा दिउँसो गोली चल्यो



निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको मृत्यु

सैघाली खबर
काठमाण्डौ,२३ असोज । निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदैमा उनको मृत्यु भइकसकेको बताए ।उनले भने, ‘अस्पताल ल्याउँदा गौचनको मृत्यु भइकसकेको थियो । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको थियो ।’

 

निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचन सवार रहेको गाडी ।

 

राजधानीमा दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको हो ।उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको छ । उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए । उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्