चिनियाँ राष्ट्रपति सि चीनफिङ दुई दिने राजकीय भ्रमणको लागि भारतको चेन्नाईबाट नेपालतर्फ प्रस्थान गरेका छन् ।
चीन र भारतबीच भएको अनौपचारिक सम्मेलनमा भाग लिई राष्ट्रपति सी नेपाल तर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आज र भोलि नेपाल रहने कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई अपरान्ह ४:३० बजे राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने छिन् ।
काठमाडौंमा सी को स्वागतमा व्यापक तयारी गरिएको छ । आज साँझ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति र भ्रमण दलका सदस्यहरुलाई होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।