राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण गरेका छन् ।
अहिले साँझ चार बजेर १० मिनेटमा ओर्लिएका उनलाई राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमा स्वागत गर्दै छन् ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपति को पहिलो भ्रमण भएकोले यो भ्रमणलाई विशेष महत्वको साथ लिइएको छ ।
अमेरिका लगायतका पश्चिमा मुलुकहरूको इण्डो प्यासिफिक रणनीतिको पक्षमा नेपाल जानसक्ने आशंका गरेको चीनले पछिल्लो समय नेपालले चीन नेतृत्वको बेल्ट एण्ड रोड परियोजनामा सहमति जनाएपछि चीन नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।