गुल्मी, असोज २५ गते / नेपाली काँग्रेसले देशभरि नै कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हुँदा गुल्मी काँग्रले पनि आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ । त्यसै अनुरुप गुल्मी काँग्रेसले पनि केन्द्रीय परिपत्र तथा निर्देशन अनुसार यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बत लगायतका चाडपर्वका अवसरमा असोज २६ गते आइतबार बिहान ७ः३० बजे देखी नेपाली काँग्रेस गुल्मीले बी.पी.स्मृति भवन (पार्टी कार्यालय) तम्घासमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
कार्यक्रममा जिल्लास्थित विभिन्न दलका नेता, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, जिल्लामा रहेका उद्योगपति तथा व्यवसायीहरु, पेशागत एवम् बुद्धिजीवि, जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकार लगायत विशिष्ट महानुभाव तथा शुभेच्छुकको सहभागिता रहने सचिव पन्थीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।