गौचनको हत्यामा संलग्न तीन जना पक्राउ



सैघाली खबर

काठमाडौँ २३ असोज। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै प्रहरीले तीन जनालाई पेस्तोल र गोलिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङ रहेका छन् ।

प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनामा संलग्न भएको आशंकामा तीनै जनालाई पक्राउ गरिएको बताए । उनीहरु घटनालगत्तै जोरपाटीबाट पक्राउ परेका हुन् । शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै गृहमन्त्री जनार्दन शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने बताए । गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाटै पेस्तोलसहित तीनजना पक्राउ गरेको जानकारी आफूले पाएको मन्त्री शर्माको भनाई छ ।

उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गरेका छन् । मन्त्री शर्माले घटनालगत्तै गृहमन्त्रालयमा प्रहरी अधिकारीहरुको आकस्मिक बैठक समेत बोलाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्