चिनियाँ राष्ट्रपतिसँग प्रचण्डको वान टू वान बार्ता संयुक्त भेटपछि मात्रै



काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डको वान टू वान बार्ता संयुक्त भेटबार्तापछि मात्रै हुने भएको छ ।

शनिबार नेपाल आएसँगै भेटबार्ता सुरु गरेका राष्ट्रपति सी र नेकपाको सचिवालयको टोलीसँग आज आइतबार विहान साढे १० बजे भेट भएपछि मात्रै प्रचण्डसँग एकल बार्ता हुने बताइएको छ ।

सचिवालयको संयुक्त टोलीको नेतृत्व पनि प्रचण्डले गर्ने नेकपाका नेताहरुले जनाएका छन् ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ ।

द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।

राष्ट्रपति सीले शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्