राजधानीमा बन्दुकको बिगबिगी



सैघाली खबर
काठमाडौं,२४,असोज

शान्तिनगर क्षेत्रमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या हुभन्दा केही घण्टाअघि महानगरीय अपराध महाशाखाले काठमाडौंको म्हैपीबाट एक पेस्तोल र तीन गोलस्सहित तीन जनालाई पक्राउ गरेको थियो। काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ परेकाको सम्बन्ध व्यवसायी गौचनको हत्यासँग छ÷छैन भनेर अनुसन्धान भइरहेको छ। एकैदिनका दुई घटनामा बन्दुकको सहज पहुँचले राजधानीमा बन्दुकको बिगबिगी बढेको देखिएको छ।

पछिल्ला तीन महिनामा मात्रै राजधानीमा भएका चार आपराधिक घटनामा बन्दुक ९पेस्तोल० प्रयोग भएका छन्। असोजमा पेप्सीकोलाबाट चक्रे मिलनका मुख्य सहयोगी मानिएका रामेश्वर गौतमलाई महानगरीय अपराध महाशाखाले घुँडामुनि गोली हानेर पक्राउ गरेको थियो। व्यापारीसँग पैसा उठाइरहेको सूचनाका आधारमा महाशाखाको टोलीत्यहाँ पुगेको थियो। प्रहरीमाथि गोली प्रहार गरी माग्न खोजेपछि जवाफी कारबाही गरेर उनलाई पक्राउ गरिएको थियो। साउनको अन्तिम साता पनि प्रहरीले लागुऔषध कारोबारी, दुर्व्यसनी प्रवीण खत्रीलाई पक्राउ गर्न खोज्दा जवाफी फायर गर्नुपरेको थियो।यस क्रममा उनको कञ्चटमा गोली लागेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्