रबिन्द्र यादव/ नवलपरासी पश्चिम, २५ असोज
प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले आफ्नो संसदीय क्षेत्रमा जनसम्पर्क कार्यक्रम गरेका छन् ।
सांसद त्रिपाठीले आफ्नो संसदीय क्षेत्रको सुस्ता गाउपालिकाको वडा नं.-५ पकलिहवा र वडा नं.-४ नरसहिमा पुगी जनताको समस्या तथा गुनासो सुनेका छन् । आफु जनताको समस्या समाधान गर्न लागिपर्ने उनले बताए ।
वडामा रहेका दलित, युवा, बृद्धबृद्धा, महिला तथा अन्य स्थानीयसंग भेटि समस्या र गुनासो बुझेका थिए । साथै बिकासको योजनाबारे स्थानीयलाई त्रिपाठीले जानकारी समेत गराएका थिए ।
सामुदायिक भवन, सडकको मर्मत सम्भार, नागरिकताको समस्या, जग्गाको समस्या बारे जनताले आफ्नो समस्या सांसद समक्ष राखेका थिए । स्थानीय जनप्रतिनिधिले आवश्यता नबुझी मनोमानी ढंगले गरेको गुनासो गरेका थिए ।
साथै उनले दलित बस्तीमा पुग्दा सडक वत्ती आवश्यक रहेको उनिहरुको सामूहिक भनाई रहेको थियो । जनताको समस्या लाई सदनमा उठाउने प्रतिबद्धता समेत सांसद त्रिपाठीले गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।