भातृ तथा शुभेच्छुक संघ संगठनका शिर्ष नेताहरु उम्मेदवार बन्न नुहने  महामन्त्री काफ्ले



सैघाली खबर
काठमाडौं,२४,असोज


नेपाली कांग्रेसका युवा नेता एवंम् नेपाल बिद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले आसन्न प्रदेश र संघीय निर्वाचनमा पार्टीका सबै भातृ तथा शुभेच्छुकसंघ संगठनका शिर्ष नेताहरु उम्मेदवार बन्न नुहने बताउनुभएको छ ।

कांग्रेसका सबै उम्मेदवार विजयी बनाउने जिम्मेवारी सबै भातृ तथा शुभेच्छुकसंघ संगठनको काधमा आएकाले टिकट लिने दौडमा नभई पार्टी जिताउने
अभियानमा लाग्नुपर्ने काफ्लेको भनाई छ ।

आज सांझ काठमाण्डौमा पत्रकारहरुमांझ आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री काफ्लेले कम्युनिष्ट एकताको कुनै अर्थ नभएको जिकिर गर्दै कांग्रेससंग डराएर भागेर कम्युनिष्ट एकताको नाटक गरिएको संग्या दिनुभयो ।
पार्टीको शक्ती नै भातृ तथा शुभेच्छुक संघ संगठन भएकाले यतिबेला देशमा संकट परेको अवस्थालाई पार्टी सहित लोकतन्त्रलाई वलियो बनाउने पार्टी भातृ
तथा शुभेच्छुक संघ संगठन एक ढिक्का भई अघि बढ्नुपर्ने बिचार राख्नुभयो ।

सो अवसरमा बिचार राख्दै महामन्त्री काफ्लेले यस पटक कांग्रेसले निर्वाचनमा प्रभावकारी परिणाम हात पार्न गुठ उपगुठ भन्दा पनि लोकप्रिय र निर्वाचन जित्ने उम्मेदवारलाई टिकट दिनेको बिकल्प नभएको दाबी गर्नुभयो । कांग्रेस सत्तामा जानु ठुलो कुरा हो निर्वाचन जित्नु ठिलो कुरो होईन तथा लोकतन्त्र खतरा हुने मलुक खतरामा पर्ने भएकाले आम आम नेपाली एकभएर लोकतन्त्रलाई बचाउनुपर्ने बिचार राख्नुभयो ।
आम जनमानस लोकतन्त्रको पक्षमा भएकाले उहांले कम्युनिष्ट गठबन्धन नाम मात्रको बाध्यता भएकाले सो बाध्यतामा गरिएको गठबन्धनको कुनै औचित्य नरहेको दाबी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्