सरकारको संघीय पुर्नसंरचना समितिद्वारा पाँच नम्बर प्रदेशको राजधानि दाङ घोषणा



सैघाली खबर
काठमाडौं,२४,असोज


सरकारले संघ र प्रदेशको चुनावलाई लक्षित गर्दै अस्थायी प्रदेशको राजधानि तोकेको छ । विविसि नेपालि सेवाका अनुसार चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशको अस्थायि राजधानि तोकेको हो ।

साथै प्रदेशको राजधानिसंगै प्रदेश प्रमुख तोक्ने प्रकृृया पनि अगाडि बढाएको छ । यसैक्रममा सरकारले सातवटै प्रदेशको अस्थायि राजधानि तोक्नेक्रममा पाँच नम्बर प्रदेशको अस्थायि राजधानि दाङलाई तोकेको छ ।

सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा रहेको संघीय पुर्नसंरचना समितिको निर्णय अनुसार पाँच नम्बर प्रदेशको राजधानि हाललाई अस्थायिरुपमा दाङमा तोकेको र अव सरकारले विस्तारै प्रदेशको राजधानिका लागि आवश्यक पुर्वाधार स्थापना गर्दै जाने पुर्व सञ्चारमन्त्रि शंकर पोख्रेलले बताउनु भयो । नेकपा एमालेका स्थायि कमिटि सदस्य समेत रहनु भएका पोख्रेलले दाङलाई अस्थायि प्रदेशको राजधानि तोकेकोमा सरकारद्वारा गठित पुनसंरचना समितिलाई धन्यवाद दिदै सोही अनुसार पुर्वाधार विकासमा जोड दिने बताउनु भयो । सोमवारको संघीय पुर्नसंरचना समितिको निर्णय अनुसार ५ को दांग १सुनसरी, २जनकपुर ३काठमाडौ ४पोखरा ६ सूर्खेत ७ दिपायल प्रादेशिक राजधानि तोकेको छ । अब मन्त्रीपरिसदबाट पास गर्नुपर्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्