झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आईबार आगलागी भएको छ ।
दमकको उत्तरी क्षेत्र बेलडाँगी स्थित बाक्लो बस्ति रहेको शिविरमा आगलागीको कारण थाह हुन नसकेको र ९ ओटा घरमा क्षती पुगेको वडाअध्यक्ष नविन बरालले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रणका क्रममा अरु केहि छाप्रा भत्काईएको छ , नगरपालिकाको दमकल, स्थानीयबासी, सुरक्षाकर्मी तथा शरणार्थीहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुव्वाले जानकारी दिए ।
क्षतीको विवरण संकलन भई रहेको उनले जनाए । आगलागी नियन्त्रणका क्रममा एक जना सामान्य घाईते भएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।