चिनियाँ राष्ट्रपतिको बिदाईका लागि बिछ्यायएको रेड कार्पेटमा सर्प हिँडेपछि…



चिनियाँ राष्ट्रपतिको बिदाईका लागि बिछ्यायएको रेड कार्पेटमा सर्प देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाईका लागि बिछ्याइएको रेड कार्पेटमा सर्प देखिएको हो ।

सी विमानस्थल पुग्नु केही मिनेट अघि रेड कार्पेटमा सर्प हिँडेको हो । उक्त सर्पलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले भगाएका थिए । यसअघि मार्च १५ मा अमेरिकाबाट फकिर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि बिछ्याइएको रेड कार्पेटमा समेत सर्प देखिएको थियो ।

स्वागतका लागि विशिष्ठ व्यक्ति आउने क्रम जारी रहेका बेला सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्