पार्कको प्रचारप्रसारका लागि संस्कृतिक कार्यक्रम



सैघाली खबर
 दाङ ,२४,असोज


राप्तीकै गौरबको रुपमा रहेको राप्ती शान्ति उद्यान पार्कको प्रचार प्रसार र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन संस्कृतिक कार्यक्रमको आयाजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको पार्कमै कार्यक्रम हुने आयोजकले जनाएको छ । सोमबार पार्कमा पत्रकार सम्मेलन गरी राप्तीकै गौरबका रुपमा रहेको पार्कलाई अझै स्तरउन्नती गरी आर्कषक बनाउन समेत कार्यक्रमले मद्धत पुग्ने पार्क निर्माण समितिका संयोजक टोप बहादुर केसीले बताए ।

अध्यक्ष केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यही ३० गते हुने सांस्कृतिक कार्यक्रमको लागि तयारी तिब्र पारिएको समेत जानकारी दिईएको थियो । कार्यक्रम स्थल निर्माण, सरसफाईलगायतका कार्यलाई तिब्रता दिईएको प्रचारप्रसार संयोजक डिआर भण्डारीले बताए । कार्यक्रम अबधिभर पार्कभित्र अबलोकन र कार्यक्रम हेर्नका लागि भनी २५ रुपैयाँ टिकेटको ब्यबस्था गरिएको भण्डारीले जानकारी दिए । साथै कार्यक्रममा राष्ट्रिय तथा स्थानीय दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा जनगायक जीवन शर्मा , कृष्ण रेउले, प्रेम विबश घर्ती, बिन्दु परियार , भुमिका गिरीलगाएतका कलाकार आउने भण्डारीले बताए ।

संयोजक डि आर भण्डारीले स्वागत मन्तव्य , प्रचार प्रसार उपसमितिका सदस्य ध्रुवराज न्यौपानेको सहजीकरण गरेको कार्यक्रममा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्