पर्व लक्षित कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम



नेपालगन्ज बाँके, असोज २६

संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको सम्बर्द्धन गर्दै शान्ति र समृद्धिको यात्रामा उत्प्रेरणा भरुन हाम्रा पावन चाड पर्वहरुले भन्ने मुल नाराका साथ आज नेपाली कांग्रेस बाँकेको आयोजनामा पार्टी कार्यालय साखा नेपालगन्जमा सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी पुर्वपार्टी सभापति युवराज शर्माले हिन्दुको महान पर्व विजय दश्मी, सुभ दिपावली तथा छठ पर्व २०७६ एवम नेपाल सम्बत ११४० लगायत समस्त नेपाली चाड पर्वको मंगलमय सुभकामन र नेपाली पार्टी अफ्नो अभियानमा उन्नति र प्रगतीको गर्ने सुभकामना मन्तव्य रखेका हुन ।

सो कार्यक्रमको अतिथी जिल्ला प्रहरी बाँकेका उपरक्षक एसपि वीर बहादुर ओलिले पर्व लाई मध्यनजर गर्दै पर्वमा शान्ति, सुरुक्षा र सदभावकोलाइ कायम गर्न उपस्थित सम्पुर्ण पार्टी कर्याकर्ता र केन्द्रिय सदश्यलाई लागी एकजुट सहयोगको अनुरोध मन्तव्य प्रकट गरेका हुन ।


कार्यक्रमका अतिथी प्रदेश सभा सांसद याकुव अन्शरी, जिल्ला प्रशासन कर्यलयका प्रमुख कुमार खडका, कैलासनाथ गुप्ता, मोहम्मद सिद्धिकीले पनि पर्व पर्ती सुभकामन मन्तव्य रखेका थिए ।
सो कार्यक्रमको अध्यक्ष सभापती किरण कोइरालाको अध्यक्षयतामा नेपालगन्ज उपमहानगरपालिका का प्रमुख धवल शम्शेर राणा, विभिन्न वडाका वडा अध्यक्ष र प्रतिनिधि, पार्टी कार्यकर्ता, विभिन्न पत्रकार- संचारकर्मी हरुको उपस्थिति रहि शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्