तुलसीपुर उपमहानगर कार्यपालिकाको बैठक ( के के भए निर्णयहरु हेर्नुहोस) 



दिपक बोहरा
दाङ ,२४,असोज


तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बैठकले भएको हो । बैठकले तुलसीपुर उपमहानगरपालिका कार्यक्रम तथा योजना सञ्चालन, कार्यान्वयन र फरफारक कार्यविधि २०७४, पारित गरेको छ । जसमा यसभन्दा अगाडि साना योजनाहरुमा उपभोक्ताहरुले २५ प्रतिशत नगद जम्मा गर्नुपर्नेमा यस पटकबाट ५ प्रतिशत अग्रीम जम्मा गर्ने र २० प्रतिशत श्रमदान गर्नुपर्ने उल्लेख गरिएको छ । उपभोक्ताहरुले २० प्रतिशत नगद जम्मा गर्न नसक्दा विगतमा धेरै आयोजनाहरु सम्पन्न हुन नसेका कारण यसपटक यस्तो व्यवस्था गरिएको हो ।
ठुला योजनाहरुमा भने ४० प्रतिशत उपभोक्ताले जम्मा गर्नुपर्ने र ६० प्रतिशत नगरपालिकाले जम्मा गर्नुपर्ने कुरालाई यथावत राखिएको छ । उपभोक्ता समिति गठन गर्दा अनिवार्य ५० प्रतिशत महिला सहभागिता हुने, हरेक वडामा इन्टरनेट जडान गर्ने र व्यक्तिगत घटना दर्ता सम्पत्ति कर राजस्व वडामै तिर्न सकिने गरि व्यवस्था गर्नका लागि इन्टरनेट प्रदायक कम्पनीसँग कोटेसन माग गर्ने, कृषि कार्यक्रम सञ्चालन सम्वन्धि कार्यविधि पारित , पशुसेवा सञ्चालन सम्वन्धि कार्यविधि पारित गरेको छ ।
त्यस्तै तुलसीपुरमा तरकारी वजार, फलफुल वजार व्यवस्थित गर्ने । नगरपालिका, नीजि क्षेत्र, सहकारी र किसानको सहकार्यमा दुग्ध उद्योग सञ्चालन गर्ने, उपमहानगरलाई वाख्रा पालनको केन्द्रका रुपमा विकास गर्ने, कृषि सम्वन्धि वजार सञ्चालन गर्ने, दुवैमा कृषि सम्वन्धि वजार सञ्चालन गर्ने जसका लागि दुवैमा क्रमशः १÷१ करोड रकम उपलब्ध गराउने निर्णय गरसेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्