मुख्य समाचार

देउखुरीमा वस दुर्घटना हुदा एक जनाको मृत्यू, १४ जना गम्भिर घाईते

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर दाङ,२४,असोज

देउखुरीमा गएराती वस दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ भने, १४ जना गम्भिर घाईते भएका छन् । वर्दीया देखी काठमाण्डौं जाँदै गरेको ना ४ ख ७४५९ नम्ववरको यात्रुबहायक वस र पूर्व वाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालीका वडा नं। ८ सतवरीयामा ठोक्कीदा वसमा सवार वर्दीया राजापुर नगरपालीका वडा नं।१० निवासी २६ वर्षिय रामकृष्ण चौधरीको मृत्यू भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटनामापरी घाईते भएका ११ जना यात्रुको लमही अस्पतालमा प्राथमिक उपचारगरी थप उपचारको लागी कोहलपुर लगीएको छ । दुर्घटनामापरी राजापुर नगरपालीका वडा नं १० शान्तीनगर निवासी ३१ वर्षिय यम बहादुर डाँगी, मधुवननगरपालीका वडा नं। ४ निवासी ५५ वर्षिय काँशीराम चौधरी, सोही नगरपालीकाको वडा नं १० निवासी २३ वर्षिय नेत्र चौधरी, २८ वर्षिय काँशीराम चौधरी, वडा नं। ५ निवासी २१ वर्षिय मधुसुदन चौधरी, सोही ठाउँ निवासी १८ वर्षिय वसन्त चौधरी, काठमाण्डौं चन्द्रागिरी नगरपालीका १२ निवासी १२ वर्षिय शन्दीप भण्डारी, वर्दीया गुलरीया नगरपालीका वडा नं  ८ निवासी २० वर्षिय किस्ना चौधरी, सुन्धुपाल्चोक निवासी ३० वर्षिय पावर्ती उप्रती, सोही ठाउँ निवासी ९ वर्षिय ईश्वरी उप्रेती घाईते हुनु भएको छ । दुर्घटना गएराती दश वजे तिर भएको प्रहरीले वताएको छ ।