गुल्मी । दारी ग्याङ गुल्मीको प्रथम अफिसियल बैठक सदरमुकाम तम्घासमा गरिएको छ । ‘गालामा दारी, काँधमा जिम्मेवारी’ भन्ने नाराका साथ स्थापना भएको त्यस समुहको प्रथम अफिसियल भेला गरिएको दारी ग्याङ गुल्मीका संयोजक सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
त्यसका अध्यक्ष प्रदिप गैरेको प्रमुख आतिथ्यता रहेको थियो । प्रथम बैठकलाई सम्बोधन गदै गैरेले दारी ग्याङ भन्ने बित्तिकै फरक दृष्टिकोणले हेर्ने गरिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
यो समुह अरु सामाजिक संघसंस्था जस्तै भएकाले यसलाई नकरात्मक रुपमा नलिन आग्रह समेत गर्नुभयो । त्यस ग्याङले विभिन्न सामाजिक कार्य गदै आईरहेको उल्लेख गदै अध्यक्ष गैरेले सोँचमा गतिशिलता ल्याउन आवश्यक रहको उल्लेख गर्नुभयो ।
यसले विभिन्न आर्थिक रुपमा विपन्न एवं आर्थिक अभावमा औषधीपचार नपाएका व्यक्तिहरुलाई सहयोग गर्ने, रगत अभाव जस्ता समस्यामा सहयोग पु–र्याउने एवं सामाजिक विकासमा केन्द्रित रहने यसको उद्देश्य रहेको गैरेले बताउनुभयो । हाल दर्ता गरीएको तथा नेपालका ३९ भन्दा बढी स्थानमा यो विस्तार भएको उहाँले जानकारी दिनुभयो ।
यसमा अहिले स्वदेश तथा विदेशमा हजारौँ संख्यामा यसका सदस्यहरु रहेको पनि बताईएको छ । गुल्मी जिल्लामा पनि यसलाई व्यस्थित बनाउन सन्तोष न्यौपाने संयोजक रहेको एक कार्य सम्पादन समिति रहेको छ । जसको सह–संमयोजकमा नारायण श्रीस्, आर्थिक संयोजक विनोद पोखरेल, प्रशासनिक उप–संयोजक सन्तोष पाण्डेय, लगायत रहनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।