सरु सुनार , काठमाडौ जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका अन्तरास्ट्रिय सम्मेलन काठमाडौमा अक्टोबर १४ र १५मा हुने भएको छ ।
लामो समय देखि युरोप देखि गल्फका विभिन्न देशहरुमा सक्रिय रूपमा लागेका विशेषत नेपालमा जातीय छुवाछूत र विभेद विरुद्ध चासो ,चिन्तन र सहयोग , योगदान र काम गर्दै आएका विभिन्न देशका संघ, संस्था र नेपालमा सक्रिय संघ, संस्थाहरुको सयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।
दलित समुदायहरुको पीडा, विभेद र जातीय छुवाछूतका विरुद्ध विभिन्न संस्थाहरुले र अभियानहरु भए ता पनि अन्तरास्ट्रिय स्तरमै सम्मेलन भने यो पहिलो पटक हुन लागेको हो ।
विशेष त प्रवासी नेपालीहरुलाई नेपालको जातीय विभेद ज छुवाछूत र दलित समुदायको अवस्थालाई नियाल्दै देश देखि प्रवास सम्म एकताको लहर फैलाउन र आगामी दिनमा जातीय विभेद अन्त्यको बैकल्पिक बाटोको विषयमा छलफल गरि नयाँ कोणबाट दलित आन्दोलनलाई अगाडी बढाउने सम्मेलनको मुख्य उदेश्य रहेको छ ।
अक्टोबर १४,१५ दुई दिन सम्म हुने सम्मेलनमा सहभागी हुन हङकङ , बेलायत , अमेरिका , पोर्चुगल, पोलेन्ड , दुबई , कतार लगायत धेरै देशबाट प्रतिनिधिहरु नेपाल आइसकेको छन् ।
काठमाडौ बानेश्वर स्थित अल्फाबिटामा हुने सम्मेलनलाई युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले उद्घाटन गर्ने छन् ।
माननीय पुर्ब बाणिज्य मन्त्री मीन बिश्वकर्मा, माननीय रामपृत पास्वन , माननीय सांसद निरा जैरु लगायतले मन्तब्य दिने पहिलो उद्धघाटन सत्रमा रहेको छ भने दोस्रो सत्रमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।
कार्यक्रमको अन्तिम तयारीको लागि विभिन्न देशहरुबाट आएका प्रतिनिधिहरु बिच आज छलफल चलेको छ ।
इतिहास मै पहिलो पटक होमवर्क गर्न खोजीएको अन्तरास्ट्रिय सम्मेलनले केही न केही दलित आन्दोलनमा फरक कार्यदिशा दिनेमा सबै आशावादी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।