मुख्य समाचार

दलहरुको छलफल तिब्र, एमाले स्थायी समिति बैठक बस्दै

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर काठमाडौं,२४,असोज

नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । अहिले बिहान ९ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा आगामी चुनावका लागि भएको अरु पार्टीसँगको तालमेलपछि उम्मेदवारहरु कसरी मिलाउने, कहाँ कति कसले लिने, विभिन्न क्षेत्रका प्रतिष्ठित भएर हालै पार्टी प्रवेश गरेकाहरुलाई पनि कहाँ कसरी उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गरिने नेता श्रेष्ठले जानकारी दिनुभयो ।

समग्रमा आगामी चुनावका लागि उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल केन्द्रीत हुनेछ । यही असोज २९ गते समानुपातिकतर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउनु पर्ने म्याद भएकाले पनि उम्मेदवार छनौटकै विषय मुख्य रहेको नेताहरुले बताए ।

यस्तै कांगे्रसले पनि पार्टीको आन्तरिक छलफललाई जारी राख्ने बताएको छ भने गठबन्धन गरेको अरु दलसँग पनि छलफल हुने जनाएको छ ।