सैघाली खबर
काठमाडौं,२४,असोज
राजपा र संघीय समाजवादी फोरमले पनि अनौपचारिक छलफललाई आज पनि निरन्तरता दिने भएका छन् । बिहान ११ राजपाको सचिवालय बैठक बस्ने र त्यसपछि फोरमसँग छलफल हुने राजपा प्रवक्ता डा डिम्पलकुमारी झाले जानकारी दिनुभयो ।
आगामी चुनावमा दुई दलबीच कहाँ कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल गर्नका लागि केही दिन यता दलहरु छलफलमा रहेका छन् । आज पनि पहिले राजपाले आफ्नो छलफल सकेर अरु दलहरुसँग छलफल गर्ने तयारी गरेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।