जातीय विभेद अन्त्यका लागि अन्तरास्ट्रिय सम्मेलन सुरु हुँदै



सरु सुनार , काठमाडौ जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका अन्तरास्ट्रिय सम्मेलन आज काठमाडौको नयाँ बानेश्वर , अल्फाबिटामा सुरु भएको छ ।

लामो समय देखि युरोप देखि गल्फका विभिन्न देशहरुमा सक्रिय रूपमा लागेका विशेषत नेपालमा जातीय छुवाछूत र विभेद विरुद्ध चासो ,चिन्तन र सहयोग , योगदान र काम गर्दै आएका विभिन्न देशका संघ, संस्था र नेपालमा सक्रिय संघ, संस्थाहरुको सयुक्त आयोजनामा र सकृय सहभागीता कार्यक्रममा रहेको छ ।

दलित समुदायहरुको पीडा, विभेद र जातीय छुवाछूतका विरुद्ध विभिन्न संस्थाहरुले र अभियानहरु भए ता पनि अन्तरास्ट्रिय स्तरमै सम्मेलन भने यो पहिलो पटक भएको यो कार्यक्रमलाई युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले उद्धाघट गरेका छ्न।

विशेष त प्रवासी नेपालीहरुलाई नेपालको जातीय विभेद ज छुवाछूत र दलित समुदायको अवस्थालाई नियाल्दै देश देखि प्रवास सम्म एकताको लहर फैलाउन र आगामी दिनमा जातीय विभेद अन्त्यको बैकल्पिक बाटोको विषयमा छलफल गरि नयाँ कोणबाट दलित आन्दोलनलाई अगाडी बढाउने सम्मेलनको मुख्य उदेश्य रहेको छ ।


सम्मेलनमा सहभागी हुन हङकङ , बेलायत , अमेरिका , पोर्चुगल, पोलेन्ड , दुबई , कतार लगायत धेरै देशबाट प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

दुई दिन सम्म हुने सम्मेलनमा माननीय लक्ष्मी परियार ,दुर्गा सोब , जेबि बिस्वकर्मा , दलमर्दन कामी लगायतले मन्तब्य दिइसकेका छन् र मन्तव्यको क्रम जारी रहेको छ पहिलो उद्धघाटन सत्रमा चलिरहेको छ ।
भने दोस्रो सत्रमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्