मुख्य समाचार

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आज पनि जारी रहने

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर काठमाडौं,२४,असोज

नेपाल पत्रकार महासंघको आयोजना हिजो शुरु भएको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आज पनि जारी रहने भएको छ । अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक मिडिया सम्मेलन महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा भएको हो ।

सम्मेलनमा पत्रकार, प्राज्ञिक क्षेत्र, नीति निर्माताले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका विविध पक्षबारे छलफल गर्दैछन् ।कार्यक्रममा भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा विज्ञ सहभागी हुनेछन् ।सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुनेछ ।