दुर्घटना

दाङ्गमा अरिङ्गालकाे टाेकाईबाट एकको मृत्यु

By थाहा अनलाइन

October 14, 2019

टेकबहादुर पुन, दाङ, असोज २७ । दाङमा अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ ।

दाङ देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ९ जाबुने निवासी ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

वनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि बराल अरिङ्गालको आक्रमणमा परेका थिए । बरालको उपचारको क्रममा चितवन स्थित मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।