जहाज समयमा नआएको भन्दै सांसदले गरे विमानस्थलमा तोडफोड



जहाज समयमा नआएपछि आक्रोशित एकजना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले प्लेन ढिलो आएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन् ।

बिहान ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रोशित साहले काउन्टरमा लात्ती बर्साएका प्रत्यक्षदर्शीले बताएका छन् । सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा निर्वाचित सांसद साहले जहाज समयमा नआएपछि आफुले आक्रोशमा आएर तोडफोड गर्न पुगेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्