मुख्य समाचार

कपिलवस्तुको बहादुरगन्जमा सर्पको डसाईबाट एकको मृत्यु

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर कपिलवस्तु ,२४,असोज

कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा सर्पको डसाई बाट एक जनाको मृत्यु भएको छ । बहादुर गन्जका दुुलारे हरिजनका ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोमन सर्पको डसाईबाट मृत्यु भएको हो । दिउँसो घरमा सुतेको समयमा सर्पले टोकेपछि उपचारको लागि गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । केन्द्रले थप उपचारको लागि वुटवल रेफर गरेपछि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।