सैघाली खबर
काठमाडौं,२४,असोज
अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा दश जनाको मृत्यु भएको छ । आगलागीसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कबिहीन भएका बताइएको छ । डँढेलो फैलिएपछी जंगल आसपासका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका बीबीसिले लेखेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।