सैघाली खबर, काठमाडौ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले आफू दलित समुदायमा जम्मनु आफ्नो अबसरको रूपमा लिएको बताएका छन् ।
सम्पुर्ण दलित समुदायलाई समेत उत्पीडित , दलित समुदायमा जन्मनु अबसरको रुपमा लिन र सकारात्मक लिन पर्ने बताएका छन ।
जातीय विभेद अन्त्यको लागि प्रवासी नेपालीहरुको भुमिका विषयक अन्तरास्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुक्ति आन्दोलनलाई सार्थकता पुराउन सम्पुर्ण दलित समुदाय जन्मसिद्ध कर्तव्य हुने भन्दै अहिले पनि दलित समुदायका बालबालिका शिक्षाको उज्यालोबाट बन्चित छन् ,अधिकारबाट बन्चित छन् त्यसै भित्र केही तपाईं हामीले यी समुदायको मुक्तिको खातिर आवज उठाउन पाउने अबसरलाइ एकतामा बदल्नु पर्ने भन्दै गैरआवासिय संघको चुनाबमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सबैलाई सुभकामना समेत ब्यक्त गरेका छन् ।
दलित समुदायको त्याग र बलिदानले नै नेपालमा जातीय विभेद र छुवाछूत कानुनी रूपमा अन्त्य भएको छ। गैरदलितले समुदायले लाखौं खर्च गरि हाम्रो पेशा र व्यवसायी खोसेको र दलित समुदायले आफ्नै पुर्खौली पेशालाइ लगानी गरि पेशालाइ व्यावसायिकरण गर्न नसकेको भन्दै बिदेशमा बस्ने दाजुभाइले बिदेशमा गरेक कामका अनुभवहरुलाइ नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।