सैघाली खबर
काठमाडौं,२४,असोज
एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दैछ । ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ । समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ । खेल नेपाली समयअनुसार आज साँझ पौने ७ बजे हुनेछ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।