खेलकुद

एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दै

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर काठमाडौं,२४,असोज

एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दैछ । ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ । समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ । खेल नेपाली समयअनुसार आज साँझ पौने ७ बजे हुनेछ ।