अमृत भट्टराई / गुल्मी । पश्चिम नेपालको पहाडी जिल्लामा रहेको सराँय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा अहिलेसम्म नै चलिरहेको छ ।
लोपोन्मुख अवस्था र पहाड केन्द्रित रहेको सराय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा २०१४ सालदेखि कोजाग्रत पूर्णिमाबका दिन देखाउने गरेको पाइन्छ ।
दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी , पाल्पा र प्युठान जिल्लामा लोकप्रिय सराँय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा प्रदर्शन गरिएको हो । पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उदेश्यले गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा जोगाएका हुन् । भाला, खुकुरी र बाजागाजासहित सराय नाच देखाइएको थियो ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा रहेको खड्का देवी मन्दिरको प्राङगणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगत २०१४ सालदेखि सराय नाँच देखाउन थालिएको थ्रि स्टार युवा क्लबका सदस्य हरिकुमार केसीले बताए । परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा सराँय नाच देखाइएको उनको भनाई छ ।
गुल्मी, अर्घाखाँची , पाल्पा र प्युठान जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।