मुख्य समाचार

काँग्रेस संसदीय समिति गठन

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर, काठमाडौँ, असोज २४ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट हुने उम्मेदवारको छनोट गर्न सर्वाधिकार सम्पन्न १४ संसदीय समिति गठन गर्नु हुने भएको छ ।

समितिमा सभापति देउवा, महामन्त्री शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पदेन सदस्य हुनुहुन्छ भने अन्य ११ जना सदस्यको नाम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतासँगको परामर्शमा चयन गर्नु हुने जानकारी प्राप्त भएको छ ।

पार्टी बैठकले सभापति देउवालाई संसदीय समिति गठन गर्ने अधिकार यसअघि नै प्रदान गरेको छ । पार्टीका सचिव प्रकाश शर्माका अनुसार, ७७ जिल्लामध्ये प्रदेश २ का पर्साबाहेक सात जिल्ला र सिन्धुली, रोल्पा, रुकुमलगायत जिल्लाबाट उम्मेदवारहरूको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले असोज १७ भित्र उम्मेदवारहरूको विवरण पठाउन निर्देशन दिए पनि कतिपय जिल्ला कार्यसमितिबाट आउन बाँकी रहेको बताउनुभयो ।