म्यादी प्रहरीमा जागिर खुल्यो



सैघाली खबर,
काठमाडौँ, २४ असोज । मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले ९८ हजार ३ य ६८ युवाका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ। आज असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइनेगरी नेपाल प्रहरीले आवेदन खुलाएको छ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ। तर नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन्। साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्