सरकारको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदबाट पारित हुँदै ।।



 

12

काठमाण्डौ , जेष्ठ, १४,

सरकारको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदबाट पारित हुँदैछ । तीन दलबीच सहमति जुटेपछि व्यवस्थापिका संसदको अवरोध हिजो हटेपछि हिजोबाट नै छलफल सुरु भएको थियो । सर्वोच्चको अन्तरिम आदेशअनुसार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकार सहमत भएपछि प्रमुख विपक्षी नेकपा एमाले संसद सुचारु गर्न सहमत भएको हो । दलहरुबीच सहमति जुटेपछि हिजो बसेको संसदको पहिलो बैठकले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिएको छ । सरकारको नीति तथा कार्यक्रम माथि बाँकी सांसदहरुले बोलिपछि आज पारित हुने संसदका प्रवक्ता डा भरत गौतमले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि भोलि बजेट ल्याइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्