मधेसीलाई मधेसी दलको विकल्प छैनः यादव



सैघाली खबर,
महोत्तरी २४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन् ।
कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आएका अध्यक्ष यादवले आगामी निर्वाचनमा तराई मधेशमा पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे ।
उनले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प नभएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्