सैघाली खबर,
नेपालगञ्ज२४ असोज, । बाँकेको राप्तीसोनारी गाउँपालिका(१ लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।