अध्यक्ष ओलीको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने तयारी



सैघाली खबर,
काठमाणडौ २४ असोज।
एमालेले निर्वाचन परिचालन समितिको ‘कमान्डर’को जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने निर्णय गरिएको पनि उपाध्यक्ष भीम रावलले जानकारी दिए।

यसका साथै, बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर नगर्न सरकारलाई सचेत गराएको छ।

निर्वाचनको मिति हेरफेर गर्ने काम संविधान, कानून र निर्वाचन आचारसंहिताले पनि नदिने हुनाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको पार्टीका उपाध्यक्ष भीम रावलले जानकारी दिए। एमालेले तोकिएकै मिति आगामी मंसिर १० र २१ गते दुवै तहको निर्वाचन सम्पन्न नभए मुलक अनिश्चयको भुमरीतर्फ फस्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग भएको सहमति अनुसार निर्वाचन क्षेत्र बाँडफाँट र चुनावी घोषणा पत्र निर्माणको कामलाई छिट्टै टुङ्ग्याउने निर्णय पनि गरेको छ ।

एमालेले समानुपातिकतर्फको उम्मेदवार तय गर्न आगामी असोज २६ र २७ गते पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ। आगामी असोज २६ र २७ गते दलहरूले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्