अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपिएफलाई



पोखरामा आज सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिताको टिम इभेन्टतर्फको उपाधि सशस्त्र प्रहरीको एपिएफ टिमले जितको छ ।

पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरु भएको २२ किमी दौड, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ चार घन्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गरी एपिएफ टिमका सन्देश विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङको जोडीले उपाधि जितेको हो ।

त्यसैगरी गरिल्ला टिमका दुर्गाराज बुढा, दामोदर बुढामगर र रशिला तामाङको जोडीले निर्धारित दूरी चार घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरी दोस्रो बन्न सफल भए । चीनको द के टिमका च्याङ इ झेन, पाङ यु सू र लाई यु जोनको जोडीले निर्धारित चार घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तृतीय बने ।

त्यसैगरी व्यक्तिगत प्रतिष्पर्धातर्फ चीनका ज्याङ जी तीन घण्टा ३९ मिनेट २७ सेकेण्डमा दूरी पार गरी पहिलो बने । चीनकै च्याङ थीङ तीन घण्टा ५० मिनेट १२ सेकेण्ड तथा झ्वा जुआङ वाङ चार घण्टा १० मिनेट दुई सेकेन्डमा दूरी पूरा गरी द्वितीय र तृतीय बने ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसन(केएमइए)ले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । टिम इभेन्टमा २७ तथा व्यक्तिगतमा २६ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउने उद्देश्यले प्रतियोगिताले आयोजना गरिएको बताइएको छ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्यटकीय शहर पोखरामा खेलकूदका माध्यमबाट समेत पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्