मुख्य समाचार

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

By थाहा अनलाइन

May 28, 2017

 

जेष्ठ,१४,

काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी हुनु भएको छ । मतगणना बिहान ४ बजेअघि नै सकिए पनि घोषणा भने गरिएको छैन । एमालेका मेयरका उम्मेदवार शाक्य नहुँदा घोषणा रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दलका प्रतिनीधि, उम्मेदवार सबै आएपछि घोषणा हुनेछ । उहाँका अनुसार कांग्रेसका राजुराज जोशी भन्दा शाक्य करिब २० हजार मतअन्तरले विजयी हुनुभएको छ । शाक्यको ६४ हजार ९ सय १३ र जोशीको ४५ हजार २ सय ६९ मत रहेको छ । उपमेयरमा कांग्रेसका हरीप्रभा खड्की विजयी हुनुभएको छ । वैशाख ३१ गते भएको निर्वाचनको मतगणना वैशाख १ गतेदेखि सुरु भएको थियो । काठमाण्डुको सभागृह अगाडी विजयी जुलुसका लागि एमाले नेता कार्यकर्ता भने पुगिसकेका छन् ।