दाङमा दाङ देउखुरी डान्स आइडल सञ्चालन हुने



ओमप्रकाश गुप्ता
लमही ३० असोज । दाङमा दाङ देउखुरी डान्स आइडल २०७६ सञ्चालन हुने भएको छ । एम.आर. डि डान्स इन्सीट्युटको आयोजना एवम् डि.टु कला केन्द्र लमहीको प्रायोजनमा कार्तिक २२ गते देखि डान्स आइडल सुरु हुने भएको छ ।

एम.आर. डि डान्स इन्सीट्युटले विहिवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो । स्थानीय कला,प्रतिभाको उजागरण तथा उत्कृट डान्सर छनौट गर्ने उदेश्यले आइडल सुरु गर्न लागेको इभेन्ट डाइरेक्टर दिपक बर्माले जानकारी दिएका छन् । अडिसन कार्तिक २२ गते नारायणपुर, २३ गते घोराही र ३० गते तुलसीपरमा राख्ने भएको छ ।

अडिसन जुनियर विभाग र सिनियर विभाग गरी २ चरणमा विभाजन गरेको छ भने अडिसनमा प्रथम हुनेलाई नेपालकै उत्कृष्ट डान्सर राहुल शाहद्धारा १ महिना निशुल्क कक्षा उपलब्ध गराइने र नगद ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । अडिसनको प्रशिक्षकमा धिरज दिवाकर र हेमन्त पाण्डे रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्