मुख्य समाचार

दिवसमा सरकारको औपचारिक कार्यक्रम छैन

By थाहा अनलाइन

October 11, 2017

सैघाली खबर काठमाडौं, २५ असोज

बलिका दिवसको अवसरमा आज महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले केही पनि औपचारिक कार्यक्रम राखेको छैन ।

तर केही दिन पछि भने दिवसको अवसरमा कार्यक्रम गर्ने मन्त्रालयको बालसंरक्षण शाखाका उपसचिव बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो ।

तर आज विभिन्न संचारमाध्यमबाट बालिकाको विभिन्न दृष्टिकोणबाट विषयवस्तुहरु प्रसारण प्रकाशन भने हुने गरी तयारी भएको उहाँले बताउनुभयो ।

जनसंख्यामा १९ वर्षसम्म उमेरका कुल जनसंख्या १२१,८०,२२६ मध्ये बालिकाको जनसंख्या ४९.४४ प्रतिशत रहेको छ । योजनसंख्या बालक भन्दा १ प्रतिशतले कम हो । साक्षरता प्रतिशतमा हेर्दा बालक साक्षरता प्रतिशत ९५ र बालिका साक्षरता प्रतिशत ८८ रहेको छ ।