एनआरएनए निर्वाचनमा मतदान सम्पन्न



गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि बिहीबार बिहान सुरु भएको मतदान सकिएको छ ।

८१ देशमा संगठन रहेको एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६ सय ५० भन्दा बढी मतदाता रहेकामा २१ सयभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना केहीबेरमै गरिने निर्वाचन समितिले जनाएको छ ।

एशिया प्रशान्त, अफ्रिका, युरोप, मध्यपूर्व र अमेरिका–ओसियाना गरी ६ वटा छुट्टाछुट्टै बुथ निर्माण गरी मतदानको व्यवस्था मिलाइएको थियो। गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच मुख्य प्रतिस्पर्धा छ। अध्यक्षका प्रत्यासी आचार्य र पन्त दुवैले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्