लमहीलाई आधुनिक शहर बनाउछु



Dropata
सरकारले घोषणा गरेअनुसार जेठ ३१ गते स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुँदैछ । लमहि नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार द्रोपदा पता पौडेल संग गरिएको संक्षिप्त कुराकानी !

नगरपालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?

नेपाली समाजमा महिलाहरु अहिलेसम्म पछाडि पारिदै आएका छन् । हरेक पदमा पुरुष नै हुनुपर्ने मान्यता जस्तो भएको छ । राष्ट्रिय रुपमा केही पदमा महिलाहरु पुगे पनि देशव्यापी रुपमा महिलाहरु कार्यकारी पदमा पुग्न सकेका छैनन् । अहिले पनि यो निर्वाचनमा धेरै स्थानीय तहमा महिलालाई उप मेयर अथवा उपाध्यक्षमा उठाउने काम भएको छ । म एक पटक कार्यकारी पदमा पुगेर लमही नगरपालिकाको समग्र विकासमा लाग्न चाहन्छु । म पुरुषसरह काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु ।
नेपालमा महिला तथा उत्पीडितको अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने एजेण्डा माओवादीको हो । म नगरपालिकाको मेयर भएपछि महिलाको मात्र नभएर यस क्षेत्रको समग्र समुदायका लागि काम गर्ने छु । मैले विगतदेखि नै यस क्षेत्रको विकासका लागि पहल गरिरहेको छु । अब त्यो काम पूरा गर्नका लागि पार्टीले मलाई आवश्यक देखेकाले मैले नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारीपछि शुभेच्छुक तथा आम नगरवासीले राम्रो हौसला दिनुभएको छ । उहाँहरुको माया र सहयोगबाट मैले राम्रो मतका साथ नगरको प्रमुख पदमा चुनाव जितेर यस क्षेत्रको विकासमा लाग्ने छु । यस पटक आम जनसमुदायले मलाई अबसर दिनुहुनेछ भन्ने मेरो विश्वास रहेको छ ।
नगरको प्रमुख पदका अरु उम्मेदवारलाई भोट नदिएर तपाईलाई नै दिनुपर्ने कारण के ?

लमही नगरपालिकाको समग्र विकासका लागि मेरो आवश्यकता छ । नगरपालिकालाई कसरी व्यवस्थित गर्नुपर्छ भनेर मसँग स्पष्ट योजना रहेको छ । अहिले लमही नगरपालिका भएर पनि राम्रोसँग शहरीकरण हुन सकेको छैन । फोहोरमैला व्यवस्थापन हुन सकेको छैन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही बजार क्षेत्र जोडिन्छ । तर, अहिले लमही सामान्य सानो बजार जस्तो छ । लमहीलाई आधुनिक शहर बनाउन जरुरी छ । अर्को कुरा अन्य पार्टीहरुसँग लमहीलाई कसरी विकास गर्ने भन्ने स्पष्ट योजना छैन ।
यो पटकको निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि चुन्ने मात्र होइन । हामीले अहिले स्थानीय सरकार बनाउन लागिरहेका छौं । अब हामीले गाउँमा केन्द्रको अधिकार वितरण गर्नुपर्ने हुन्छ । यसका लागि मेरो आवश्यकता देखिएको छ ।

लमही नगरपालिकाका समस्या के देख्नुहुन्छ ?

लमही नगरपालिका भर्खरै गठन भएको नगरपालिका हो । अहिले पनि नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेका छैनन् । खानेपानी, ढल निकास, सडक विस्तार लगायतका काम हुन सकेका छैनन् । लमहीमा फोहोर व्यवस्थापनका लागि निकै समस्या छ । त्यसैगरी नगरपालिकाका विकट क्षेत्रमा सुकुम्बासी तथा भूमिहीनहरुका समस्या छन् । यी समस्या समाधानका लागि पहिलो पटक बन्न थालेको स्थानीय तहले स्पष्ट योजना बनाउनुपर्ने छ । त्यसकारण ति सबै समास्या समाधानका लागि मैले तयारी गरेको छु । त्यसकारण जेठ ३१ गते अनिर्वाय रुपमा आफूलाई मतदान गर्न आग्रह सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्