सैघाली खबर
काठमाडौं, २५ असोज
निर्वाचन आयोगले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी तीव्र रुपले अगाडी बढेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई हिजोबाट सुरु भएको तालिम आज पनि जारी रहेको छ । तालिमसँगै अन्य तयारी पनि भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।