काठमाडौँ — नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘अबुधाबी टी–१० लिग’ मा खेल्ने भएका छन् । लेगस्पिनर सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने भएका हुन् ।
बुधबार भएको ‘प्लेयर ड्राफ्ट’बाट उनलाई कर्नाटकले अनुबन्ध गरेको हो ।
कर्नाटकले १०–१० ओभरको इनिङ्सको प्रतियोगिताका लागि सन्दीपलाई ‘क्याटगोरी ए’ बाट पहिलो खेलाडीकै रूपमा लिएको छ । उनलाई ४५ हजार अमेरिकी डलरमा लिएको जनाइएको छ ।
उनले गत वर्ष शारजहाँमा भएको दोस्रो संस्करणको टी–१० लिग केरला किंग्सबाट खेलेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताप्राप्त यस टी–१० लिग नोभम्बर १५ देखि २४ सम्म अबुधाबीस्थित शेख जायद इन्टरनेसनल क्रिकेट रंगशालामा सञ्चालन हुनेछ ।
यस लिगमा कर्नाटक टस्कर्स, दिल्ली बुल्स, डेक्कन ग्लाडिएटर्स, लाहोर कालन्धर्स, नर्थन वारियर्स, मराठा अरबियन्स, बंगला टाइगर्ससँगै नयाँ अबुधावी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।