नौविसे–नागढुंगा सडकमा लामो जाम हुने



नौविसे–नागढुंगा सडक आज अपरान्हसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

नौविसे–नागढुंगा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका ९ स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो । दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा आज लामो जाम हुने देखिएको छ ।

एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ । साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्