नवनियुक्त तीन न्यायाधीशलाई शपथ



सैघाली खबर,
काठमाडौं, २५असोज। –

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

न्यायपरिषद्को गत भदौ २९ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। नेपालको संविधानअनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने व्यवस्था रहेको छ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्