के तपाईलाई कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या छ ? यदि छ भने यसो गर्नुहोस् !



अहिलेको जमाना कम्प्युटरको जमाना हो । आजभोलि कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम अधिकांश काम कम्प्युटरमै हुन्छन् । कम्प्युटर विना कुनैपनि काम पुरा गर्न सकिंदैन ।

तर कम्प्युटर चलाउँदा बस्ने गलत तरिका, लामो समयसम्म कम्युटरको बसाई लगायत खानपानको गडबडीले मानिसमा ढाड दुख्ने समस्या देखापर्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ । मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ ।

कम्प्युटरमा बस्दा ढाड दुखेमा निम्न उपायबाट कम गर्न सकिन्छ ।

१. कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिनुपर्छ ।

२. ढाड दुख्नुमा शारीरिक कमजोरीका साथै भिटामिन डीको कमीले हुनसक्छ, त्यसैले पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खानुपर्छ ।

३. कतिपय अवस्थामा क्याल्सियमको कमीले समेत ढाड दुख्ने हुन्छ, त्यसैले क्यालसियमयुक्त खानामा पनि विशेष ध्यान दिनुपर्छ ।

४. दैनिक बिहान आधा घण्टा घाममा बस्दा समेत ढाड दुखाईबाट राहत मिल्छ ।

५. लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गरेमा दुखाईबाट आराम मिल्छ ।

६. एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्नाले पनि ढाड दुखाईबाट आराम मिल्छ ।

७. कतिपय अवस्थामा तातो पानीले सेक्दा पनि ढाड दुखाईको पीडाबाट मुक्ति पाइन्छ ।

८. धेरै ढाड दुखेमा मनतातो पानीमा सीधे नून हालेर नुहाएमा पनि यसले राहत दिन्छ ।

९. ज्वानोलाई तावामा भुटेर चपाएर खानाले पनि ढाड दुख्ने समस्याबाट आराम मिल्छ ।

१०. चिसोमा दुखेको ढाड आगोमा तताएको इटा कपडामा बेरेर सेकेमा कम हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्