तपाइकाे बच्चामा माेटाेपन छ ?सावधान



एउटा नयाँ अनुसन्धान अनुसार बितेको चार दशकमा बालबालिका र किशोरकिशोरीमा मोटोपनाको मात्रा दश गुणाले बढेको छ जसको अर्थ हुन्छ विश्वभर १२ करोड ४० लाख केटाकेटीहरु असाध्यै मोटा छन्।

‘द ल्यान्सेट’ भन्ने जर्नलमा प्रकाशित विश्लेषण यस प्रकारको सबैभन्दा ठूलो हो र यसले २०० भन्दा बढी देशहरुमा मोटोपनाको अध्ययन गरेको थियो।

ब्रिटेनमा ५ देखि १९ उमेर समूहका केटाकेटीमा प्रत्येक १०मा एकजनामा मोटोपना देखियो।
मोटोपना भएका बच्चाहरु वयस्क हुँदा पनि मोटा नै हुने सम्भावना हुन्छ र उनीहरुमा गम्भीर खालका स्वास्थ्य समस्या देखिने विज्ञहरुले बताएका छन्।

विश्व मोटोपना दिवसको दिन बुधबार ल्यान्सेट विश्लेषण सार्वजनिक भएको हो।
‘वर्ल्ड ओबेसिटी फेडेरेसन’का अनुसन्धाताहरुले मोटोपनाका कारण लागेको स्वस्थ्य समस्या समाधानकालागि सन् २०२५ बाट प्रत्येक वर्ष ९ सय २० अर्ब पाउण्ड बढ्ने भन्दै सतर्क गराएका छन्।

उच्च आम्दानी भएका ब्रिटेनसहितका युरोपेली मुलुकहरुमा बाल मोटोपना दर स्थापित हुन थालेको देखिएपनि विश्वका अन्य देशहरुमा पनि सतर्क हुनुपर्ने गरी मोटोपना बढिरहेको उक्त अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्राध्यापक मजिद इज्जतीले बताए।

मोटो बनाउने सस्ता खानाहरु जताततै पाइनु नै मोटोपनाको एक प्रमुख कारण भएको अनुसन्धानकर्ताहरुको ठम्याइ छ।
पूर्वी एशियाका बालबालिका र किशोरकिशोरीमा धेरै संख्यामा मोटोपना बढेको देखिएको छ।
चीन र भारतमा हालैका वर्षहरुमा मोटोपनाको दर उल्लेख्य मात्रामा बढेको छ।

पोलिनेसिया र माइक्रोनेसियामा जनसंख्यामध्य करिब आधा बालबालिका र किशोरकिशोरीमा बढी तौल वा मोटोपना देखिएको छ जुन विश्वको सबैभन्दा उच्च दर हो।

अनुसन्धाताहरुले यदि यही प्रवृत्तिले निरन्तरता पाए मोटोपना कम वजन भन्दा छिट्टै बढी सामान्य हुनेछ।
कम वजन भएका बालबालिकाहरुको संख्या सन् २००० यता क्रमश घट्दै गइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्